नियमित महाधिवेशन हुन्छ, एकतावद्ध भएर अघि बढौंः पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा सानेपामा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पार्टी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनमार्फत नै सो समस्याको समाधान हुने तर्क समेत गरे ।

कार्यवाहक सभापति खड्काले पार्टीको चालु केन्द्रिय कार्य समिति बैठकले मुलुकलाई निकास दिनेगरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबी समेत गरे।

प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार  ४ : २३ बजे