एकैदिन तोलामा ५६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौंं । आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले घटेको छ ।शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०८२ आईतबार  १० : ४२ बजे