एकैदिन तोलामा ५६ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५६ सय रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०८२ आईतबार  १० : ५७ बजे