तोलामा ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०८२ आईतबार  १२ : १९ बजे