सेयर बजारमा उच्च अंकको गिरावट, २८०० विन्दुमुनि झर्‍यो नेप्से



काठमाडौँ । बुधबार सेयर बजार ४६.७८ अंकले घटेर २८०० विन्दुमुनि झरेको छ।

यसदिन ४६.७८ प्रतिशतले घटेर दुई हजार ७९.५७ विन्दुमा बजार बन्द भएको हो।

यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार बजारमा साढे २१ अर्बको २ लाख ५ हजार ६११ पटकमा ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर कारोबार भएको थियो। यसदिन १३ अर्ब १८ करोड रुपैयाँ बराबरको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर १ लाख १५ हजार पटकमा कारोबार भएको छ।

व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटे ।

यसदिन २२५ कम्पनीको मूल्य घट्दा २४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ।

प्रकाशित मिति : फाल्गुन २७, २०८२ बुधबार  ४ : १३ बजे