काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ।
आइतबार नेप्से परिसूचक ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ।
अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको कारोबार भएको छ ।
आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे ।लगानी ०.५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटे ।चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
आज १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो ।














