२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत,आजै दाहसंस्कार गरिने



काठमाडौँ । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आज परिवारले बुझ्ने भएका छन्।

गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो।

सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन्।

प्रकाशित मिति : चैत्र १९, २०८२ बिहीबार  १२ : ३४ बजे