सुनचाँदीको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ ।हिजो तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो ।

त्यस्तै,चाँदी तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०८३ बिहीबार  १० : ५२ बजे