तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार दुई लाख ९८ हजार ७०० मा कारोबार भएको थियो ।

चाँदी भने तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०८३ शुक्रबार  १२ : ०९ बजे