सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज छापावाल सुन तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेर चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २०, २०८३ आईतबार  ११ : ३२ बजे