सोमबार सुनको मूल्य घट्यो,कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो आइतबार २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : बैशाख २१, २०८३ सोमबार  ११ : ३७ बजे