१० वर्ष पुरानो रेयर माल्टको प्रयोग र नयाँ अवधारणासहित पुनः बजारमा आउँदै ‘नेप्से बुल्स’



काठमाडौं । सागर डिस्टिलरीले आफ्नो चर्चित व्हिस्की ब्रान्ड ‘नेप्से बुल्स’लाई नयाँ अवधारणासहित पुनः बजारमा ल्याउने भएको छ। स्कटल्यान्डका हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट व्हिस्कीको मिश्रणसहित पुनः बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

स्कटल्यान्डको रेयर माल्ट परम्पराबाट प्रेरित हुँदै ‘ए फाइन एक्सप्रेसन अफ स्कटिस रेयर माल्ट’ अवधारणामा नेप्से बुल्स पुनः ल्याउन लागेको जनाएको छ।

कम्पनीका अनुसार नेप्से बुल्समा १० वर्ष पुरानो रेयर माल्ट प्रयोग गरिएको छ। यसमा हाल अस्तित्वमा नरहेको एक डिस्टिलरीको व्हिस्कीसमेत समावेश गरिएको जनाइएको छ।

उक्त रेयर माल्ट केही हजार लिटर मात्र उपलब्ध रहेको र त्यसको सानो हिस्सा मात्रै नेप्से बुल्समा प्रयोग गरिएको कम्पनीको दाबी छ। विविध उत्पत्ति, विशिष्ट चरित्र र सीमित उपलब्धताका कारण नेप्से बुल्सलाई नेपालमा रेयर माल्ट प्रयोग गरेर तयार गरिएको विशेष व्हिस्कीका रूपमा प्रस्तुत गरिएको छ।

सागर डिस्टिलरीले नेपाली व्हिस्की उपभोक्ताको बदलिँदो रुचिलाई ध्यानमा राख्दै नेप्से बुल्सलाई नयाँ स्वरूपमा अघि बढाउन लागेको जनाएको छ। कम्पनीका अनुसार अहिलेका उपभोक्ता केवल मूल्यमा आधारित प्रिमियम उत्पादनभन्दा त्यसको उत्पत्ति, विशेषता र कथाबारे जान्न चाहनेतर्फ अघि बढिरहेका छन्।

नयाँ नाम सिर्जना गर्नुको सट्टा नेपाली उपभोक्तामाझ पहिलेदेखि परिचित नेप्से बुल्स नामलाई नै नयाँ अवधारणासहित अघि बढाउने निर्णय गर्दै नेपाली व्हिस्कीप्रेमीबीचको सम्बन्ध अझ गहिरो बनाउन तयार रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ३ : ३० बजे