काठमाडौं । आज पनि सेयर बजार सामान्य घटेको छ ।
आज नेप्से परिसूचक ४.८२ अ।कले घटेर २,५९८ को विन्दुमा कायम भएको छ ।आज १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कमाउने कम्पनीमा पहिलो सिन्धु विकास बैंक, दोस्रो सयपत्री हाईड्रोपावर र तेस्रो घलेम्दी हाईड्रोपावर रहेको छ ।यस्तै सबैभन्दा बढी गुमाउने कम्पनीमा सानीमा ग्रोथ फण्ड, चिर्ख्वा हाईड्रोपावर र सोपान फार्मेस्युटिकल्स रहेका छन् ।










