काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। साथै, उनले संघीय संसद्बाट पारित राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानसम्बन्धी अध्यादेश र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरेका हुन।
त्यसैगरी, संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन् ।
दुई अध्यादेश जारी र एक विधेयक प्रमाणीकरण भएसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापनासम्बन्धी कानुनी व्यवस्थासँग जोडिएका प्रक्रिया अघि बढेका छन्।










