काठमाडौं । नेपालीहरूको महान पर्व बडादशैँको मुख्य दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा ग्रहण गरेसँगै काठमाडौं उपत्यकाका सडकहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
घटस्थापनादेखि नै सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकहरूमा आफन्तकहाँ टीका र आशीर्वाद थाप्न जानेहरूको आवागमन दिउँसोदेखि निकै बाक्लिएको हो ।
नेपालीहरूको महान चाड बडादशैँअन्तर्गत विजयादशमीका दिन शुभसाइत तथा दिनभर मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।










