सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ



काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन् ।

बिहीवार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकले यसअघि अतिरिक्त महानिरीक्षक ९एआईजी० डा। मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक ९आईजीपी० बनाउने निर्णय गरेको छ ।

मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने बताए ।

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  २ : ५९ बजे