काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई प्रहरी लगाएर खोजिरहेको दाबी गरेका छन्। शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने पनि टिप्पणी गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रहरीले आफूलाई खोजिरहेको बताएका हुन्।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन,’ उनले लेखेका छन्, ‘काठमाडौं आउँदै छु।’
हाल आफू काठमाडौँ उपत्यकाबाहिर रहेको र काठमाडौँ फर्किन लागेको उनको भनाइ छ।
नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका कारण साइबर ब्युरोले बोलाएको बताइएको छ ।










