आगामी हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रिय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार ९आईईएक्स० को डे–अहेड र रियल टाइम बजारबाट प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।

प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ । अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ ।

विद्युत आयातका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रशारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाटको अनुमति प्राप्त भएको छ ।

प्रकाशित मिति : मंसिर १, २०८३ मंगलबार  ५ : ५१ बजे