प्रदेश ३ सरकारको कुल बजेटको ठुलो हिस्सा गाडी खरिदमै सकिदै



१३ मंसिर, काठमाडौं–

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४/७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ ।

त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ। कान्तिपुर दैनिकले समाचार छापेको छ ।

संघीय सरकारले प्रदेश ३ का लागि पठाएको समानीकरण अनुदान १ अर्ब २ करोड ५ लाख तोकिएको अनुदानकै आधारमा प्रदेश सरकारले ‘आय र व्ययको अनुमान’ प्रस्तुत गरेको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सवारीसाधनमा १ करोड ३० लाख विनियोजन भएकोमा १ करोड २९ लाख ३० हजार १ सय ३९ खर्च गरिएको छ।

प्रदेश सभा सचिवालयले ९० लाख मध्येबाट ६० लाख ३७ हजार ७ सय ६२ को सवारी साधन किनेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ करोड ३० लाखमध्ये १ करोड २७ लाख ३४ हजार ७२ रुपैयाँको सवारीसाधन खरिद गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६८ लाख २८ हजार ६ सय ५० को सवारी साधन खरिद गरेको छ। मन्त्रालयका लागि ८० लाख रकम विनियोजन भएको थियो।

 

प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार  ६ : ०५ बजे