श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको बाटोमै मृत्यु



डडेल्धुरा । श्वासप्रश्वासमा समस्या देखिएर धनगढी रिफर भएकी एक महिलाको बाटोमै मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका – ३ की ३८ वर्षीया माधवी शाहीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो।

श्वासप्रश्वासमा जटिल समस्या भएका कारण उनलाई थप उपचारका लागि धनगढी रिफर गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। उनी केही दिन अगाडि मात्रै धनगढीबाट गन्यापधुरा -३ मा रहेको घरमा आएको ३ नं वडाका अध्यक्ष तथा गन्यापधुरा गाउँपालिकाका प्रवक्ता चक्र देउवाले बताए।

शाहीको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। मृतक महिलाको आइतबार नै स्वाब संकलन गरेर परीक्षण गरिने सेती अस्पतालले जनाएको छ। अन्नप्र्ण पोष्टबाट

प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार  ३ : २१ बजे