खसोग्जीको हत्यामा साउदी युवराजको स्विकृति रहेको अमेरिकी अध्ययनको दाबी



पत्रकार जमाल खासोग्जीको हत्या वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको हत्याकालागि समर्थन गरेको दाबी गरिए पनि साउदी अरबका अधिकारीहरुले भने त्यसको खण्डन गरेका छन् ।सन् २०१८ माहत्यागरिएका५९ वर्षीय पत्रकार खसोग्जीकुनैबेला साउदी सरकारका सल्लाहकारहुनुहुन्थ्यो । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आउनु भएको थियो ।

स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको हत्या भने टर्कीमा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा रहेको कन्सुलेटमै उहाँको हत्या भएको थियो भने शरीर टुक्रा टुक्रा पारिएको थियो ।अमेरिकामा रहेका बेलाउहाँले वासिङ्टन पोष्टमा साउदी अरब र त्यहाँका राजपरिवारको बारेमा आलोचनात्मक लेखहरु लेख्दै आउनु भएको थियो । मासिक स्तम्भमा उहाँले युवराज मोहम्मदको नीतिहरूको पनि आलोचना गर्ने गर्नुभएको थियो ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा साउदी युवराज सलमानले इस्तानबुलमा साउदी पत्रकार खसोग्जीलाई पक्राउ गर्ने वा हत्यागर्ने योजनालाई स्विकृति दिनुभएको दाबी गरिएको छ ।खसोग्जीको हत्यामा युवराजको हात रहेको दाबी यसअघि पनि अमेरिकीअधिकारीहरुले गर्दै आएका थिए । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले भने यसअघि पनिती आरोपहरुको खण्डन गर्दै खसोग्जी हत्यामा आफ्नो कुनै पनि हात नरहेको दाबी गर्दै आउनु भएको थियो ।

विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब मध्यपूर्वमा अमेरिकाको प्रमुख समर्थक मुलुक भएपनि यो घटनाले सम्वन्धमा असर पर्ने देखिएको छ ।अमेरिकीमा नयाँ राष्ट्रपति जो बाइडेनको आगमनसँगै अमेरिका र अन्य देशहरुको सम्वन्ध कस्तो होलाभन्ने उत्सुकता जागिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले केही समय तरंग फैलाउने देखिएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार  ११ : ३४ बजे