मुम्बाई अस्पतालमा आगलागी नौको मृत्युृ



१३ चैत (रासस÷सिन्ह्वा) भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताउनु भएको छ ।

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  १२ : ०२ बजे