शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ



नवनियुक्त मन्त्रीहरुले  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच  शपथ लिएका  छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धनका ४ दलको सहमतिपछी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु नियुक्त गरेका थिए।

सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् ।नेकपा एस बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् ।

 

 

 

प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार  ६ : ३१ बजे