नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफु सभापतिको उम्मेद्वार हुने कुराबाट पछी हट्न नसक्ने बताएका छन ।शनिबार धादिङ -काठमाण्डौ सम्पर्क समितिले काठमण्डौमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।

पार्टिलाई बिधानसम्मत चलाउन र पार्टिमा भएको चरमगुटबन्दि अन्त्य गरी पार्टिमा दुख गरेका नेताकार्यकर्तालाई न्याय दिलाउन आफुले उम्मेद्वारी दिने डा. कोइरालाले उल्लेख गरे ।आफुले उम्मेद्वारी दिनेबारे पार्टिका अन्य नेताहरुसग पनि छलफल गरिरहेको बताउदै कोइरालाले आसन्न महाधिबेशनमा आफु सबैभन्दा बलियो उम्मेद्वार भएको दाबी गरे ।

कोइरालाले भने”देशैभरिका साथिहरुबाट सभापती तपाइ उठ्नैपर्छ भन्ने दबाब छ,वहाँहरुले तपाइनै बलियो उम्मेद्वार हो भनिरहनुभएको छ,वहाँहरुले बिश्वास गरेपछी मैले अघी बढ्नै पर्यो नि” ।आगामी महाधिवेशनमा संस्थापनइतरबाट एकजना मात्रै उम्मेदवार बन्नुपर्ने र सकेसम्म छिटो उम्मेद्वारी टुङ्गो लगाउनुपर्ने देशैभरिका नेता कार्यकर्ताको दबाब रहेको पनि डा. कोइरालाले बताए ।
कोइरालाले आगामी महाधिबेशनबाट पार्टिमा नेतृत्व परिवर्तन हुने दाबी गर्दै महाधिबेशनपछी पार्टी एकताबद्द भएर अघी बढ्ने बताए । कम्युनिष्ठरु फुटेकाले आगामी निर्बाचनमा कांग्रेसलाई केहि सजिलो देखिए पनि आम जनाताको बिचमा पार्टिको छबी सुधार गर्न अझै धेरै काम गर्नुपर्ने कोइरालाको भनाइ थियो ।








