नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्ववर्ती केपी ओलि नेतृत्वको सरकारले गरेकाअ भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो माग गरेका हुन ।
ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको एक–एक छानबिन र कारबाही गर्न नेपालाले आग्रह गरे । “संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ”, उनले भने, “तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलई म आग्रह गर्न चाहन्छु ।”
जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन नेता नेपालाले आग्रह गरे ।








