नेकपा समाजवादी पार्टीको तनहुँ इञ्चार्जमा चित्र थापा चयन भएका छन्। पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले थापालाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो।
त्यसैगरी, तनहुँको सह इन्चार्जमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ र प्रतिनिधि सभा सदस्य कलिला खानलाई चयन गरेको छ। केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई गण्डकी प्रदेश कमिटीको सचिव तोकेको छ भने रेखा थापा बस्याललाई गण्डकी उपसचिवमा चयन गरेको छ।








