नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीको परिवारलाईनै कोरोना संक्रमण भएको छ । नेता केसीसहित पत्नि प्रतिमा, छोरा ओमश्री नरसिंह केसी र बुहारी प्रियंका थापालाई कोरोना संक्रमण भएकोहो ।
संक्रमणका कारण निमोनिया भएपछि २८ गतेदेखि केसी पत्नी प्रतिमाको ह्याम्स अस्पतालमा उपचार भइरहेको र अहिले स्वास्थ्य अवस्थामा सुधार आएको भाइ जगदिश्वरनरसिंह केसीले जानकारी दिए । अर्जुननरसिंह केसीसहित छोरा र बुहारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।








