कम्युनिष्टबीच पुनःएकता गरेर नगए आगामी निर्वाचनमा हामी सिधिन्छौ : मुख्यमन्त्री शाक्य



वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छिन ।

नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाउन टुटफुटले छिन्नभिन्न भएका कम्युनिष्टलाई एकतामा ल्याउनुपर्नेमा झोड दिइन ।

समृद्धि र समाजवादको यात्रालाई अघी बढाउन कम्युनिष्ट पार्टिबिच एकताको बिकल्प नभएको उनको भनाइ थियो ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताइन ।

 

प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार  २ : ५८ बजे