नेकपा एमालेले पार्टिको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टीको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिए ।
तेस्तै महाधिवेशनको तयारी गर्न रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको पनि उनले जानकारी दिए ।
एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।








