नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रिय समितिनै अवैधानीक रहेको बताएका छन् । सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी आएका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको केन्द्रिय समिति अवैधानीक रहेको बताएका हुन् ।
पार्टीको विधानमा चार बर्षभित्रै अर्को महाधिवेशन गरिसक्नुपर्ने नगरे त्यो समिति अवैधानीक हुने व्यवस्था भएकाले केन्द्रिय समिति अहिले अवैधानीक रहेको बताए । चार बर्षमा गरिसक्नुपर्ने महाधिवेशन साढे पाँच बर्ष वितिसक्दा समेत नगर्दा यो समिति अवैधानीक भईसकेको छ । उनले भने,“ हाम्रा समिति त अवैधानीक भए भए । नेपालको संविधानले दिएको वैधानीक मान्यता समेत सकियो । अहिले कांग्रेस पार्टी अवैधानीक भईसकेको छ । पार्टी नेतृत्वले समयमा अधिवेशन गराउन नसक्दा यस्तो अवस्था आयो । हामी , हाम्रो समिति र हाम्रा मन्त्रीहरु अवैधानिक भईसकेका छन् ।” अव निर्वाचन आयोगले मंसिर १३ भित्रै अधिवेशन गराईसक्न भनेकाले सोही समय भित्र अधिवेशन नगराए पार्टीनै खारेज हुने अवस्था आएको उनले बताए ।
नेता पौडेलले कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको बताए । केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै नटुंगिएको छैन,’ उनले भने,‘चाँडो टुुंगाएर प्रकृया अगाडि बढाउनुपर्छ ।’ डडेल्धुरामा जिल्ला सभापतिले नै बहिष्कार गरेको अस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको बताउँदै नेता पौडेलले भने,‘पार्टी सभापतिकै जिल्ला डडेल्धुरामा सदस्यता विवाद छ, त्यहाँ पुन अधिवेशन गराउनु पर्छ ।’
यस्तै यसअघि कांग्रेसका वरिष्ठ नेता पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताएका छन् ।शनिबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुुगेका बरिष्ठ नेता पौडेलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । अहिले अर्ली निर्वाचनमा जाने कुरा विरोधाभास र असम्भव रहेको उनले बताए । आफ्नै पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुर्स्थापना भएर सरकार बनेको र अझ समय नपुुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो कुरा नभएको उनले बताए । संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली निर्वाचनको कुरा सम्भव नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उनले बताए ।
यस्तै सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताए । ‘म यहाँका प्रभावित क्षेत्रमा गएर पीडितलाई साथ दिनेछु,’ उनले भने,‘सरकारलाई राहतका लागि पनि दबाब दिनेछु ।’ विमानस्थलबाट उनी शनिबार बिहानै कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् । यस्तै नेपाल सरकारका संसदिय मामिला तथा कानुन मन्त्री दिलेन्द्र प्रसाद बढुले वर्तमान सरकार असान्य परिस्थिति बनेको बताए । सोही कार्यक्रमलाई सम्वोधन गर्दै उनले दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाले जनमतको कदर नगर्दा र केपी शर्मा ओलीको असम्वैधानिक कदमका विरुद्ध लडेर असामान्य परिस्थितिमा सरकार बनेको उनले बताए ।
संविधान रक्षाका लागी कांग्रेसको नेतृत्वमा बनेको मोर्चाले संविधानको रक्षागर्न सफल भएको र अव सरकारमा रहेर जनभावना अनुसार काम गर्ने उनले बताए । ओली नेतृत्वको सरकारका वेला भएका भ्रष्ट्राचारका काण्डको यो सरकारले छानविन गर्ने उनले बताए । यस्तै वाढी पहिरोले गरेको क्षतीबाट पिडित जनतालाई अल्पकालिन र दिर्घकालीन प्याकेजमा सरकारले राहत दिने जानकारी गराए ।








