पाटीलाई संस्थागत गर्नु मेरो एकसूत्रीय अभियान : नेता सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताउनुभएको छ ।जनकपुरमा आज नेपाल प्रेस युनियन ले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उहाँको भनाइ थियो ।पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिनुभयो । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उहाँको जोड थियो ।

आफ्नो स्वार्थ पुरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उहाँले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गर्नुभयो ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भन्नुभयो, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो रु परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भन्नुभयो, ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ ।’पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उहाँले भन्नुभयो, ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’

फरक प्रसंगमा बोल्दै नेता सिहले कांग्रेस नेत्त्रित्वको कमजोरी का कारण कमनिस्ठहरुले ब्यवसथा माथि प्रहार गर्ने सुरु गरेको बताउनु भएकोछ । हर हालत मा कांग्रेस महाधिवेशन सम्पन्न गरेर संसद संचालन र रास्टिय राजनित आकलन गरेर अगाडि बिकसित परिस्थिति अनुरुप चल्नु पर्ने बताउनु भएकोछ साथै नागरिक ता लगागायत मधेसका मुदा हरु विधि प्रक्रियामा अवलम्बन गर्रेर तत्कालै हल गर्नु पर्ने भन्दै मधेस र हिमालि क्षेत्रमा सिमाना जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको समेत बताउन भएकोछ । नेता सिह आज महोत्तरिमा आज आयोजित कार्यक्रममा सभागि हुने क्रममा जनकपुर पुग्नु भएको हो नेता सिह को साथ मा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव र किरण यादव समेत रहनु भएकोछ

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  १ : २२ बजे