नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लाग्ने बताएका छन् । विराटनगरमा नेकपा (एसले) आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले एमालेमा असुरक्षित भई नयाँ पार्टी गठन गरेको सुनाए ।नेय नेपालाले केपी ओलिकोको दम्भका कारण उनी सत्ताको घोडाबाट भुईंमा बझारिएको दाबी गरे ।
उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए ।
प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ भने ।








