प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन ९कोप(२६०को लागि स्कटल्यान्डको ग्लासगो सहरमा रहेका दुवै राष्ट्र प्रमुख बिच मङ्गलवार भेटवार्ता भएको हो।
यसअघि सोमबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच कोप(२६ सम्मेलनका बिच भेट भएको थियो । मङ्गलवार भने दुवै राष्ट्र प्रमुखबिच द्विपक्षीय भेटवार्ता भएको हो।भेटका क्रममा बहुपक्षीय हितलगायतका विविध विषयमा कुराकानी भएको छ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्छाैं भनेका थिए ।
यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताएको सचिव पौड्यालले जानकारी दिए ।








