विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले पार्टिको केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने गरी गरेको बिधान संशोधनलाई मान्यता प्रदान गरेको छ ।
कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेका विषयलाई निर्बाचन आयोगमा अद्यावधिक गरिएकोपार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन ।
उक्त दलको कात्तिक ११ को केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको थियो ।
तेसैगरी उक्त बैठकको निर्णयअनुसार विधान संशोधन र केन्द्रीय समिति सदस्य १२४ जना (५ जनाको राजीनामा र एक जनाको मृत्यु भएका कारण) कायम भएको थियो ।
उक्त बैठकमा बिबेकसिल साखा पार्टिका अर्का नेता मिलन पाण्डे र उनीपक्षका केन्द्रीय सदस्यहरू भने उपस्थित थिएनन्।









