पूर्वप्रधानमन्न्त्री डा . बाबुराम भट्टराईले आफ्नि छोरो मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
सामाजिक सञ्जाल ट्विट्टरमा भट्टराईले अध्यक्ष ओलीलाई उडन्ते कुरा नगर्नसमेत आग्रह गरेका छन् । उनले पूर्वप्रधानमन्न्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते गर्नु शोभनीय नभएको बताएका छन ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए ।
त्यसैको प्रतिउत्तर फर्काउदै डा भट्टराइले ओलीलाऐ आफ्नि छोरो बेलायत गएको पुष्टी गर्न चुनौती दिएका हुन ।
मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७बर्षको उमेरमा जनयुद्धपूर्व२०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्।त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न! https://t.co/hkZQyPdini
— Baburam Bhattarai (@brb1954) November 7, 2021










