प्रधानन्यायाधीश जबराले तोके इजलास, २९८ पेशीमा सबै प्रकृतिका मुद्दा



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार नियमित पेशी तोकेका छन् । उनले विभिन्न इजलासमा २९८ वटा पेशी तोकेका छन् । आफूले मात्रै सात वटा पेशी हेर्ने भएका छन् ।

जबराको राजीनामा माग गर्दै भएको आन्दोलनले गर्दा न्यायालय लड्खडाएको अवस्थामा जबराले मंगलबार नियमित पेशी तोकेका हुन् । विगत १५ दिनदेखि अदालतको न्याय सम्पादन ठप्प रहेका अवस्थामा जबराले मंगलबार नियमित पेशी तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको आरोप लगाउँदै न्यायकर्मीहरु आन्दोलित भएसँगै १५ दिनदेखि सर्वोच्च अदालतको काम कारबाही ठप्प रहेको थियो ।

प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार  १० : ५६ बजे