प्रधानन्यायाधीश विवादमा संसदले छानविन गर्नुपर्छः नेता सिंह



२ मंसिर काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सर्बोच्चमा जारी विवादमा आफ्नो प्रतिक्रिया जनाएका छन् । आज सम्पादकहरुसंगको छलफलमा नेता सिंहले प्रधानन्यायाधीश विवादमा संसदले छानविन गर्नुपर्ने बताएका छन् । उने सर्बोच्च विवादमा सरकारले बोल्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथी लागको विभिन्न आरोपका बारेमा संसदले छानविन गर्नुपर्नेमा जोड दिएका हुन् । नेपालबार एशोसिएसनले प्रधानन्यायाधीश जबरामाथी विभिन्न आरोप लागउँदै राजीनामाको माग गरि बिगत दुई सातादेखी सर्बोच्चमा धर्ना दिएको विषयमा नेता सिंहले यस्तो बताएका हुन् ।

साथै नेता सिंहले महामन्त्री डा शशांक कोईरालाले काठमाडौं बाहिर कसैले चिन्दैन भनेर दिएको अभिव्यक्तिप्रति पनि प्रतिक्रिया जनाएका छन् । उनले आफुलाई काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : मंसिर २, २०७८ बिहिबार  ४ : २० बजे