जबरा बिनै फुलकोर्टले गर्यो: गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास



 

२ मंसिर काठमाडौं। सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्ट ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ।आज बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले बताए । सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् । यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : मंसिर २, २०७८ बिहिबार  ४ : ३९ बजे