पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०(१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । उनले आज विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।









