कांग्रेस महाधिवेशन: प्रतिनिधिसम्बन्धी विवादका कारण कैलाली चारमा स्थगित



नेपाल कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो ।

पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो । कैलाली–४ बाट सभापतिमा प्रकाशबहादुर बमले उम्मेदवारी घोषणा गरिसकेका छन्र । उनी अहिलेका उपसभापति पनि हुन् ।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  १२ : ३४ बजे