एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव



जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् ।

राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिएका हुन् ।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  २ : ३९ बजे