नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट पार्टी र अन्य पार्टीहरु पनि विभाजित भैरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको समुद्घाटन समरोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डा।महतले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो ।
पार्टीको भातृ संगठन र विभागहरुको गठनमा विलम्ब नगरौ,सहमति नजुटे बहुमतबाट जाऔ भनेर सल्लाह आउदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उहाँले भन्नुभयो,“सभापतिले कम्युनिष्टहरुको गतिविधि मैले हेरिरहेको छ । चुनावमा बहुमत ल्याए । अहंकार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुसी लाद्नु भएन ।”
पार्टीमा आफू बहुमतमा भएपनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबूझपूर्ण, दूरदर्शी र बुद्धिमतापूर्ण भएको उहाँले दावी गर्नुभयो । त्यसले समयमा निर्णय नभएर पार्टीलाई भएको क्षतिको पूर्ति पार्टी एकताबद्ध रहेर भएको बताउनुभयो ।
उहाँले यसपटक पार्टीको विधान पनि संविधानसभाले जारी गरेको संविधानको अक्षर र भावनासंग तादात्म्य रहने गरी बनाइएकोले पार्टी तल्लो तहदेखि नै अरु बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको पनि बताउनुभयो ।
सहमहामन्त्री डा.महतले यो महाधिवेशनलाई ऐतिहासिक भन्दै महिलाहरुको सहभागिताले उत्साहजनक परिणाम दिने पनि बताउनुभयो । उहाँले भन्नुभयो,“अहिलेको प्रतिनिधित्वको प्रावधानले केन्द्रीय समितिमा ५७ देखि ५८ जना महिला पुग्नुहुन्छ । केही पहिले जसरी ९०देखि ९५प्रतिशत पुरुषहरुको प्रतिनिधित्व हर क्षेत्रमा देखिन्थ्यो,अब तस्विर फेरिदैछ, त्यो स्थान महिलाहरुले लिन सक्ने छन् । पार्टीको प्रदेश,जिल्ला र तल्ला तहमा पनि महिलाहरुको एक तिहाई प्रतिनिधित्व सुनिश्चित हुँदै आएको छ ।”
उहाँले १४ औं महाधिवेशनको क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रुपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रुपमा हेरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“योऊर्जा र उत्साह कम्तिमा आउने आमनिर्वाचनसम्म रहनुपर्दछ ।”
कांग्रस सहमहामन्त्री डा. महतले बामपन्थी प्रचार शैलीको उल्लेख गर्दै भन्नुभयो,“नेपालमा काग्रेस पार्टीले यति धेरै काम गर्दा पनि हामीले प्रचार गर्न सकेनौ । उनीहरुले तिल बराबर काम गरेका छन् पहाड बराबर प्रचार गर्दछन । पहाड बराबर गल्ती गर्दछन् र विवाद हुन्छ तर तिल बराबार बाहिर आउदैन । हामीले तिल बराबर गल्ती गर्यौ भने पहाड बराबर हल्ला हुन्छ । पहाड बराबर काम गर्छौ, तिल बराबर प्रचार हुन्छ ।”
सहमहामन्त्री डा।महतले पार्टीको प्रचार सयन्त्रलाई समय अनुसार सूचना प्रविधिमैत्री बनाउदै पार्टी र पार्टीले तीन तहका सरकारमार्फत गरेका कामहरुलाई जनताको बीचमा लैजान सक्षम पारिने र नेपाली कांग्रेसका कार्यकर्ताले पाटीको इतिहास, विचार, सिद्धान्त र पार्टीले गरेका काम जान्न सक्ने बनाइने पनि बताउनुभयो ।
उहाँले पार्टीलाई आगामी निर्वाचनमा अत्यधिक बहुमतमा पुर्याउनु पर्ने उल्लेख गर्दै भन्नुभयो,“संसारभर कम्युनिष्टहरु निर्वाचनमा गएपछि हराएका छन्, नेपालमा पनि त्यहि स्थिति ल्याउनुपर्दछ । आगामी निर्वाचनमा त्यो अवस्था आओस ।”








