ललितपुर कांग्रेसमा चित्रकार, श्रेष्ठ र महर्जनबीच कडा प्रतिस्पर्धा



 

ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।ललितपुर कांग्रेस सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको थियो । जसअनुसार पूर्वसभासद् रामकृष्ण चित्रकार, तरुण दलका नेता मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

चित्रकारको सभापतिसहित छुट्टै प्यानल छ । तर, महर्जन र श्रेष्ठको भने सभापतिमा मात्रै छुट्टै प्यानल छ । बाँकी पदाधिकारी र सदस्यमा दुवैको समान उम्मेदवार छन् ।चित्रकारलाई वर्तमान सभापति मदन अमात्य, पूर्वसांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको साथ छ ।

उता, महर्जनलाई कांग्रेस नेता उदयशमशेर राणा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतको समर्थन छ । श्रेष्ठलाई प्रकाशमान सिंहको समर्थन छ ।तीनजना उम्मेदवार उत्तिकै सशक्त रहेकाले पहिलो राउन्डमै नतिजा नआउने र दोस्रो चरणमा चुनावमार्फत परिणाम आउने कांग्रेस नेताहरू बताउँछन् ।

 

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  ११ : ०९ बजे