काँग्रेस केन्द्रिय सदस्यमा गौतमको दाबेदारी



नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री प्रतिमा गौतमले नेपालि काँग्रेसको केन्द्रिय सदस्य पदमा उमेदवारी घोषणा गरेकी छन ।गौतमले नेपाली काँग्रेसको जारी १४औं महाधिबेशनमा काँग्रेसको केन्द्रिय सदस्य पदमा उमेदवारी दिने सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन ।

“विधि बिधानलाई अक्षरस: पालना गर्दै सबल र सशक्त कांग्रेस बनाउने अभियानमा जुट्ने प्रण गर्दै १४औं महाधिबेशनमा मेरो उम्मेदवारी केन्द्रियसदस्यमा रहने छ”गौतमले भनेकी छन “यहाँहरुको साथ सहयोगले मेरो राजनैतिक जीवन लाई मार्ग निर्देशित गर्ने छ।”

सबल र सशक्त कांग्रेस बनाउने अभियानका लागी आफ्नो उमेद्धावारी रहेको गौतमले दाबी गरेकी छन । पद्मकन्या क्याम्पसमा स्वबियु सदस्य हुदै राजनिती थालेकी गौतम स्वबियुको सह-सचिव, उप-सभापति, सभापती हुँदै नेपाल विद्यार्थी संघको  महामन्त्री निर्वाचित भएकी थिइन । २०७० सालमा भएको संबिधानसभा निर्बाचनमा काठमाडौ २ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनेकी गौतम लगातार कांग्रेसको राजनितिमा सक्रीय रहेकी छन ।

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  ३ : २६ बजे