शक्ति र बहुमतको भरमा पार्टीको विधान विपरीत काम गर्ने छुट कसैलाई छैनः नेता सिंह



नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले शक्ति र बहुमतको भरमा पार्टी पार्टीको विधान विपरीत काम कसैले गर्न नपाउने बताउनु भएको छ । आज नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिबेशन को उदघाटन लाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेस कमजोर हँदा देशको अबस्था नै कमजोर हुने बताउनु भयो । उहाँले नेतृत्व परिवर्तन काँग्रेसको अहिलेको आवश्यकता भएको समेत जिकिर गनुभयो । आर्दशको कुरा गरेर देशको विकास हुन नसक्ने भन्दै उहाँले काम पनि गरेर देखाउनु पर्ने बताउनु भयो ।

नेता सिंहले काँग्रेस भित्र बर्तमान नेतृत्वले लोकतान्त्रिक पद्धतीको पालना गर्न नसकेको आरोप लगाउनु भयो । पदमा रहँदाका गतिविधी र जिम्मेवारी वहन गरे नगरेको मुल्याङकन गर्नु अब नेता कार्यकर्ताले गर्नु पर्ने समय आएको उहाँको भनाइ थियो । विधिसवत तरिकाले पार्टी सञ्चालन गरि देश र जनताको सुख समृद्धिको लागि काँग्रेस अगाडी बढ्नु पर्ने उहाँले बताउनु भयो । क्रियाशिल सदस्या वितरणमा बषै देखि पार्टीमा काम गरेका कार्यकर्तालाई अन्याया भएको पनि उहाँले बताउनु भयो । नेतृत्व परिवर्तनका लागि कार्यकर्ताले साथ दिनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  २ : ५४ बजे