ओलिले धादली गर्ने संकेत देख्दैछु : भीम रावल



एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलिले गुटका मान्छेलाई टीका लगाउने प्रयाससहित धाँधली हुन लागेको बताएका छन्। रावलले सामाजिक सञ्जाल ट्विटरमा दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत भएको लेखेका छन ।

जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुर्याउन खोजिएको पनि उनले दाबी गरेका छन ।दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा भएको पनि उनले उल्लेख गरेका छन ।

उनले सहमतिको प्रयासबारे आफू र अध्यक्ष ओलीबीच कुनै कुराकानी नभएको पनि बताउदै आएका छन ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ६ : ११ बजे