एमाले महाधिवेशन: ट्रेड युनियन क्लष्टरका ६ जना निर्विरोध निर्वाचित



 

नेकपा एमालेको १०औं महाधिवेशनमा श्रमिक क्लष्टरका सबै उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा अन्यले उम्मेदवारी नदिए पछि ट्रेड युनियन श्रमिक कोटाका सबै उम्मेदवार निर्विरोध भएको एमाले नेता रमेश बडालले जानकारी दिए । बिनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापासहित महिला कोटाका मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका हुन । यद्धपी, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको भने छैन ।

 

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  १२ : १४ बजे