स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू



 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो ।  आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।  शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन् ।

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  १२ : ५१ बजे