भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ: मन्त्री श्रेष्ठ



 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् । अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन् । भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनको जिकिर छ । माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।

 

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहिबार  १० : २० बजे