नेपाली कांग्रेसको २४औँ महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।
सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिको दौडमा थिए । तर, उनी पहिलो चरणबाट बाहिरिएका छन् ।
खाँण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन् । सभापतिबाहेक पदाधिकारीको मतगणना बाँकी रहेको छ ।








